विद्युतीय गाडी दिगो डाँफेको स्वरुम धनगढीमा सञ्चाल

  बिहिबार २२, जेठ २०८२ १४:२९

धनगढी । विद्युतीय गाडी दिगो डाँफेको स्वरुम धनगढीमा सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारिक विक्रेता एनईभी नेपाल प्रा.लि.ले नेपालमा विक्री वितरण गर्दै आएको डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीको स्वरुम धनगढीमा सञ्चालनमा ल्याईएको हो ।

धनगढी र सुदुरपश्चिम प्रदेशको आधिकारिक विक्रेताका रुपमा धनगढीको बोराँडाडीमा ख्वाजा टेड्रर्सको स्वरुम उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले स्वरुमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा डिएफएसके डाँफे ब्राण्डका विद्युतीय गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता एनईभी नेपाल प्रा.लि.का सिईओ सौरभ श्रेष्ठले डाँफे ब्राण्डका विद्युतीय गाडीहरुको बिशेषता र फाईदाहरुका बारेमा प्रस्तुती गरे ।

उनका अनुसार डिएफएसके डाँफे ब्राण्ड नेपाल भित्र्रिएको पहिलो विद्युतीय गाडी हो । ५ लाख किलोमिटर गुडिसकेको यो गाडी ५ बर्षदेखि नेपालका सडकहरुमा गुडिररहेका छन् । पुरै मेटल बडी भएको र ग्राउण्ड क्लियर्स उच्च भएको यो ब्राण्डका गाडीहरु पहाडी सडक र कच्ची सडकमा पनि सञ्चालनमा अब्बल प्रमाणित भईसकेको सिईओ श्रेष्ठले बताए ।

अधिकांश विद्युतीय गाडीहरु चढ्ने र सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुले यो ब्राण्डलाई सबैभन्दा बढी रुचाएको उनको दावी छ । 
धनगढीमा स्वरुम सञ्चालन भएपछि यसक्षेत्रका व्यवसायी र नागरिकहरुलाई सहजता भएको छ । अब आफ्नै स्थानबाट गाडी खरिद तथा मर्मत सेवा सहज रुपमा दिन तयार रहेको आधिकारिक विक्रेता ख्वाजा टेड्रर्सका प्रबन्ध निर्देशक डाक्टर मेराज आलम अन्सारीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाल अटोमोबाईल्स एसोसिएसन सुदुरपश्चिमका अध्यक्ष पुष्कर ओझा, सुन्दर सुदुरपश्चिम यातायातका अध्यक्ष पमराज सापकोटा, खप्तड यातायातका अध्यक्ष अनन्तराज जोशी लगायतले मन्तव्य व्यक्त गरे । सो क्रममा विद्यतुीय गाडीहरुको प्रयोग बढाउँदै वातावरण संरक्षणमा सामुहिक रुपमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

clock बिहिबार २२, जेठ २०८२ १४:२९

प्रतिक्रिया