बेहडाबाबा मेलामा जान धनगढी उपमहानगरको नि:शुल्क बस सेवा
धनगढी । गङ्गादशहरामा लाग्ने बेहडाबाबा मेलाका लागि धनगढी उपमहानगरपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला भर्न जाने सर्वसाधारणको सुविधाका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिन लागेको हो।
धनगढी -१६ मा रहेको बेहडाबाबा मेलाको भोलि जेष्ठ २२ गते मुख्य दिन हो। मन्दिर दर्शन गर्न जाने सर्वसाधारणलाई सुविधा होस् भनेर नि:शुल्क बस सेवा सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले बताए। उनले यात्रुको सुविधाका लागि धनगढी -१७ शिवगङ्गा नदिदेखि बेहडाबाबा मन्दिरसम्म बुधवार राति १२ बजेदेखि बिहिवार साँझसम्म तीर्थालु भक्तजनहरूको सहजताका लागि नि:शुल्क बस सञ्चालन गरिने बताए।
बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न नि:शुल्क बस सेवा प्रदान गर्ने नगर प्रमुख हमालले बताए। नगर बसबाट सर्वसाधारणलाई नि:शुल्क बस सेवा दिइने नगर प्रमुख हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन्।
प्रतिक्रिया