ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम गर्ने

  बुधबार २५, बैशाख २०८२ १३:०५

धनगढी । धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

बैशाख २५ गते (भोली) बिहीबार विश्व रेडक्रस दिवसको पावन अवसरमा क्याम्पसमा विहान ८:३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

पछिल्लो समय धनगढीमा रगतको अभाव देखिएकाले क्याम्पसको पहलमा रक्तदान कार्यक्रम गरि केही राहत पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको स्वतन्त्र विद्यार्थी युनियन सभापती दीपक भट्टले बताए ।

स्वतन्त्र विद्यार्थी युनियनले उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो पवित्र दान गर्न सम्पुर्णमा अनुरोध गरेको छ ।

clock बुधबार २५, बैशाख २०८२ १३:०५

प्रतिक्रिया