डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जना घाइते

  बुधबार २५, बैशाख २०८२ १२:३५

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५  चौडका रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

clock बुधबार २५, बैशाख २०८२ १२:३५

प्रतिक्रिया