सेवानिवृत्त भएका दुर्गालक्ष्मीका प्रधानाध्यापक शिवराज जोशीको भव्य बिदाइ
अत्तरिया । कैलालीको अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज जोशीको बिदाइ गरिएको छ ।
११ वर्ष विद्यालयको प्रधानाध्यापक रहेर सेवानिवृत्त भएका जोशीको आइतबार एक भव्य समारोहका बिच बिदाइ गरिएको हो । उनी २०७१ सालदेखि दुर्गालक्ष्मी नमुना माविको प्रधानाध्यापक रहेका थिए ।
उनकै कार्यकालमा २०७४ सालमा दुर्गालक्ष्मी माविलाई सरकारले नमुना मावि घोषणा गरेको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरूले आयोजना गरेको एक कार्यक्रमका बिच शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बिदाइ गरेका थिए ।
विद्यालयले बिदाइ कार्यक्रम पछि सेवानिवृत्त प्रधानाध्यापक जोशीलाई बाजागाजा सहित घर सम्म बिदाइ गरिएको थियो । २०४६ साल देखि ग्वासी मावि, मालाखेतीबाट शिक्षण सेवा प्रारम्भ गरेका जोशी २०६० सालमा प्रधानाध्यापकमा पदोन्नति भएका थिए ।
प्रतिक्रिया