डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह दोेषी ठहर
डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बिहिवार उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीमाथि मुद्दा दर्ता गरेको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिबाना तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।
विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट ९पिसिएल० र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो।
प्रतिक्रिया