डडेल्धुरामा बस दुर्घटना चार जनाको मृत्यु

  बुधबार ३०, असोज २०८१ ०६:१३

धनगढी । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडीका लागि सवार यात्रुवाहक बस डडेल्धुराको खसरेकोखानमा गएराति दुर्घटनामा परेको छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते हुनु भएको छ ।

घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना सम्बन्धि थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।

clock बुधबार ३०, असोज २०८१ ०६:१३

प्रतिक्रिया