दार्चुलाको खंलगा विद्यानगरबाट ८ जुवाडे पक्राउ

  सोमबार ३१, भदौ २०८१ ०९:४७

दार्चुला । दार्चुलामा ८ जुवाडे पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा धानुक (घर धनी)सहित ८ जनालाई नगद ९३ हजार २२० र १ गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock सोमबार ३१, भदौ २०८१ ०९:४७

प्रतिक्रिया