डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला

  बिहिबार २७, भदौ २०८१ १२:१४

डडेल्धुरा । डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला परेकी छन् । बुधबार डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले बताएको छ ।
 
प्रहरीका अनुसार महाकाली नदी किनारमा शव फेला परेको हो । उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाइ छ ।

clock बिहिबार २७, भदौ २०८१ १२:१४

प्रतिक्रिया