धनगढीको सितल डेरीलाई अन्तिम चेतावनी, अखाद्य बस्तु फेरि भेटिए सिल गरिने

  शुक्रबार २५, साउन २०८१ ०६:३८

धनगढी । कैलालीको धनगढीमा रहेको सितल डेरीमा दोश्रो पटक अखाद्य दुध भेटिएको छ। धनगढी उपमहानगरपालिका, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय तथा वडा प्रहरी कार्यालयको सयुंक्त अनुगमनका क्रममा सितल डेरीमा दोश्रो पटक अखाद्य दुध भेटिएको हो। 

धनगढी उपमहानगरपालिका–१ नगरपालिका रोडमा रहेको सितल डेरीमा खुल्ला पानीमा दुधको भाँडो राखेको पाइएको हो। अनुगमन समिति सदस्य रमेश मल्लले गत आर्थिक बर्ष अनुगमनका क्रममा सो डेरीबाटै एक सय लिटर अखाद्य दुध जफत गरीएको बताए। अनुगमन समितिले यस पटक फेरी सोही डेरीमा १० लिटर दुध खुल्ला भाँडोमै राखेको फेला पारेको हो।

गत आर्थिक वर्षमा एक सय लिटर दुध अखाद्य भेटिएपछि सम्झाएर फर्किएका थियौँ अनुगमन समिति सदस्य रमेश मल्लले भने “गत साउन १७ गते अनुगमनका क्रममा फेरी सोही गल्ती पाइयो, अनी दुध बरामद गरेर नष्ट गरेका छौँ, डेरीहरुकहाँ दुध राख्ने छुट्टै भाँडो हुनुपर्छ, बन्द भाँडो हुन्छ, तर सितल डेरीले यस अघीपनि बाहिर पानीमा खुल्ला दुधको भाँडो राखेको पाइएको थियो, यस पटकपनि त्यस्तै पाइयो, सो डेरीले कयौँ दिनअघीको पानीमा खुल्ला रुपमा दुधका भाँडा राख्ने गरेको छ, त्यो पानीमा कयौँ किटाणु, झिगां बसेका हुन्छन्, ति किटाणु दुधमापनि जाँदा मानविय स्वास्थ्यमा निकै असर पर्छ, त्यस कारण सितल डेरीलाई अन्तिम चेतावनी दिएका छौँ, फेरी कैफियत भेटिए सिल गरिन्छ।”

दुधका साथै लड्डु बनाउन तयार पारिएको पिठोमा समेत कैफियत भेटिएको छ। लड्डु बनाउनका लागी तयार पारिएको पिठोमा समेत कलर मिसाएको पाइएपछि सितल डेरीबाट २० किलो पिठो समेत बरामद गरी नष्ट गरीएको छ। 

clock शुक्रबार २५, साउन २०८१ ०६:३८

प्रतिक्रिया