कैलाली मोडेलले टप्यो सुदूरपश्चिम, कक्षा १२ का नीराजनले ल्याए ३.९२ जिपिए

  आइतबार २०, साउन २०८१ १५:१४

धनगढी । धनगढीको कैलाली मोडल माध्यमीक विद्यालयले कक्षा १२ को नतिजामा यस वर्ष पनि सुदूरपश्चिम प्रदेश टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित नतिजामा कैलाली मोडल माध्यमीक विद्यालयका छात्र नीराजन पाण्डेले कक्षा १२ बोर्ड परीक्षामा ३.९२ जिपिए ल्याएका छन् । 

यो नतिजा सुदूरपश्चिममै सर्वोत्कृष्ट अंक रहेको कैलाली मोडल माध्यमीक विद्यालयको दाबी छ । शुक्रबार प्रकाशित नतिजामा पाण्डेले सुदूरपश्चिम प्रदेशमै सर्वाधिक जिपिए हासिल हरेको विद्यालयको दाबी छ । 

विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले निराजन लगनशील र अनुशासित विद्यार्थी भएका कारण यो उपलब्धी हाँसिल गर्न सफल भएको बताएका छन्। उनले निराजन लगायत परीक्षामा उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाइ समेत दिएका छन्।

कक्षा ११ को परीक्षामा समेत राम्रो अंकका साथ उत्तिर्ण भएका पाण्डेय आफूले अत्यन्तै मिहिनेत गरेका कारण राम्रो नतिजा आएको बताउँछन । विद्यालयमा शिक्षकले पढाउँदा एकदम ध्यान दिन्थे र त्यसैकारण उहाँहरुको प्यारो थिए । म विद्यालयबाट घर गएपछि ३÷४ घण्टा थप पढ्थे स्मरण शक्ती राम्रो छ जस्तो लाग्छ शिक्षकले पढाएको कुरा टिपिहाल्छु । उनले विद्यालयमा पढाइको वातावरण पनि राम्रो रहेको भन्दै विद्यालयका प्रचार्य र आफ्ना सबै गुरुहरुलाई धन्यवाद समेत दिए । आफ्नो रुचि इन्जिनियरिङ तिर रहेको भन्दै आफू अहिले त्यसैको प्रवेशिका परीक्षाको तयारीमा व्यस्त रहेको बताउँछन । 

कैलाली मोडलबाट २ सय ३८ परीक्षामा सहभागि भएकोमा १६२ जना उत्तिर्ण गराउन सफल भएको विद्यालयका प्रधानाध्यापक सिंह जानकारी दीए । 

कैलाली मोडेल स्थापना भएकै बर्ष सुदूरपश्चिम टप गरेको बताउदै उनले पछिल्ला बर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ । 

२०६४ सालमा उच्च माध्यमीक स्थापना गरेको कैलाली मोडेलको पहिलो बर्ष नै बिज्ञान संकायबाट नबिन अधिकारीले सुदूरपश्चिम टप गरेका थिए । 

त्यस्तै २०६७/६८ मा बिज्ञान संकायबाटै लेखनाथ रेग्मी र कीशोर जोशिले उत्कृष्ट अकं ल्याएर उत्कृष्ट नतिजा हासिल गरे । त्यसपछि २०७१ सालमा चक्र भण्डारीले बिज्ञान संकायबाटै ८४ प्रतिशत अकं ल्याँउदै यस क्षेत्रकै सर्बोउत्कृत नतिजा ल्याउन सफल भए । 

यस्तै यसबर्ष पनि कैलाली मोडलका छात्र नीराजन पाण्डेले कक्षा १२ बोर्ड परीक्षामा ३.९२ जिपिए ल्याएर सुदूरपशिचम टप गरे । 
कैलाली मोडेलमा अध्ययन गरेका बिद्यार्थी अहिले बिभिन्न सरकारी उच्च ओहोदामा काम गरीरहेको प्रधानाध्यापक सिंहले दाबी गरे ।  
 

clock आइतबार २०, साउन २०८१ १५:१४

प्रतिक्रिया