कैलालीको टीकापुरमा फेन्सी पसलमा आगलागी हुँदा २० लाखको क्षती

  बुधबार २६, असार २०८१ ०७:४३
फाईल फोटो

टीकापुर । कैलालीको टीकापुर स्थित एक फेन्सी पसलमा आगलागी हुँदा २० लाखको क्षती भएको छ ।

मंगलबार राती टीकापुर नगरपालिका – ६ नारायनपुर स्थित गणेश क्षेत्रीले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २० लाख बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसल भित्र रहेका कपडा लगायतका सम्पुर्ण सामानहरु जलेका छन । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

clock बुधबार २६, असार २०८१ ०७:४३

प्रतिक्रिया