डोटीको ठूली गाड नदीमा बाढीले गर्‍यो खतराको तह पार

  आइतबार २३, असार २०८१ ११:३३

धनगढी । अविरल वर्षाका कारण कर्णाली बेसिन अन्र्तगत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । 

जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो । 

साडे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।  यस्तै डडेलधुरामा महाकाली नदीले खतराको तह पार गरेको छ । 

बिहान ११ बजेसम्मको आँकडा अनुसार कन्चनपुर, कैलाली, बर्दिया, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

clock आइतबार २३, असार २०८१ ११:३३

प्रतिक्रिया