बाजुरामा कैदीबन्दी भेट्न आएका २ जना चरेशसहित पक्राउ

  मङ्गलबार ११, असार २०८१ ०६:२८

बाजुरा । बाजुरामा कैदीबन्दी भेट्न आएका २ जना चरेशसहित पक्राउ परेका छन् । कारागारमा कैदीबन्दी भेट्न आएका बुढीगंगा नगरपालिका५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका उनीहरुले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा अन्दाजी २ दशमलव ५ ग्रामको चरेश बरामद गरिएको थियो । 

चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि शंका लागेर कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिप्रका बाजुराका प्रहरी नायब उपरिक्षक दिलीप कुमार केसीले बताए ।

उनीहरु दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

clock मङ्गलबार ११, असार २०८१ ०६:२८

प्रतिक्रिया