बडीमालिका नगरपालिकामा महिला हत्या आरोपित प्रहरीद्धारा आरोपित सार्वजनिक

  मङ्गलबार १५, जेठ २०८१ १६:३९

बाजुरा । बडीमालिका नगरपालिका ६ बुढा कोर्धमा भएको महिला हत्या प्रकरणका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत शंकित व्यक्तिलाई सार्वजनिक गरेको हो ।

सोही वडाकी ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए ।

तत्काल उठेको रिस र पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको सावित बयान दिएको डीएसपी गिरीले पत्रकार सम्मलेनमा जानकारी दीए ।

आरोपितले हत्या गरिएकी महिलालले सुरुमा गाली गलौज गरेको र तत्काल रिसको आवेगमा आफुले ओदान र काठको लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अंगमा लाठीले घाउ समेत बनाएको पाईएको छ । एकल महिला समेत रहेकी धौली बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढा कोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई आफन्तले मृत अवस्थामा यसअघि फेला पारेका थिए ।

घटनास्थलबाट प्राप्त तथा संकलन गरिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौं र नेपालगञ्ज पठाईएको प्रहरीले बताएको छ । 

clock मङ्गलबार १५, जेठ २०८१ १६:३९

प्रतिक्रिया