धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत हुँदै

  सोमबार २८, फागुन २०८० १५:०५

धनगढी । कैलालीको धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत गर्ने काम सुरु भएको छ। उपमहानगरपालिकाले सडक बोर्ड नेपालसँगको सहकार्यमा सडकको आवधिक मर्मत गर्ने काम सुरु गरेको हो। 

उपमहानगरले त्रिबेणी चौक पश्चिम मोहनाखोला  सडक  र सरस्वती मार्ग, बसपार्क सडक दक्षिणकालीमार्ग, बोराडाडी कैलाली गाउँ सडकको आवधिक मर्मत गर्ने कामलाई अघि बढाएको छ।

त्यस्तै राष्ट्रिय जनता मावि. विजयनगर सडक बुढी नन्दा मार्ग, हनुमान मन्दिर ‘डी’ गाउँ हुदै ‘सी’ गाउँ जोड्ने सडक, बंगारा मार्ग, भगवती मार्ग, धनगढी रिंग रोड र फुलवारी रिंगरोड सडक फुलवारी गाउँ मार्गको आवधिक मर्मत गर्ने कामको सुरुवात भएको उपमहानगरपालिकाले जनाएको छ। 

साथै ती सडकको गुणस्तरीय कार्य सम्पादन गर्ने कार्यको निगरानी गर्न नगरवासीलाई आग्रह समेत गरिएको छ।

clock सोमबार २८, फागुन २०८० १५:०५

प्रतिक्रिया