बैतडी घर भएका सेनाका अवकाश प्राप्त क्याप्टेन बिष्टको निधन

  शुक्रबार २५, फागुन २०८० २१:०९

धनगढी । बैतडी घर भएका नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) सुवर्ण बिष्टको शुक्रवार हृदयघातबाट निधन भएको छ।बिहान आफै गाडी चलाएर अस्पताल गएका बिष्टको अस्पतालमै हृदयघात भएर मृत्यु भएको हो। 

उनी केही दिनअघि भाइरल ज्वरोबाट ग्रसित थिए। बैतडीको पुर्चौडीको कालागाँउ पुख्र्यौली घर भएका बिष्टको परिवारको धनगढी उपमहानगरपालिका–१३ गेटामा बसोबास छ। हाल काठमाण्डौं बस्दै आएका बिष्ट सुदूरपश्चिमबाट नेपाली सेनामा पाइलट हुने पुराना पाँच जनामध्ये पर्छन।

सुदूरपश्चिमबाट नेपाली सेनामा पाइलट हुने दिपेन्द्र बिष्ट पहिलो हुन्। उनी नेपाली सेनाको २९ व्याँचका हुन्। पाकिस्तानबाट पालइटको बेसिक तालिम लिएका बिष्टले अमेरिका पाइलट, क्याप्टेन, इन्स्ट्रक्टरको तालिम लिएका थिए। उनले केही वर्षअघि स्काई भ्यान, स्काई ट्रक, ईण्डोनेशियामा बनेको सीएन २३५ जहाजको इण्डोनेशियाबाट तालिम लिएका थिए।

बिष्टका एक छोरा र एक छोरी र पत्नी छन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिनेछ। क्याप्टेन बेद उप्रेतीले क्याप्टेन बिष्टको निधनले देशले एक अनुभवी र क्याप्टेन गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।

clock शुक्रबार २५, फागुन २०८० २१:०९

प्रतिक्रिया