डा. महावीर पुनको अभियानमा नवजीवन सहकारीको साथ

  आइतबार २८, माघ २०८० २१:३७

धनगढी । धनगढीको नवजीवन सहकारी संस्था लिमिटेडले डा. महावीर पुनलाई आर्थिक सहयोग गर्दै अभियानमा साथ दिएको छ । 

वीरगन्जमा कृषि औजार कारखाना सञ्चालन गर्न डा. पुन पुस्तक बिक्री गर्ने क्रममा उनलाई नवजीवन सहकारीले आर्थिक सहयोग गरेर अभियानमा साथ दिएको हो ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमकाले ५० वटा किताब खरिद गर्नुका साथै ५१ हजार आर्थिक सहयोग गरेको बताए । 

अध्यक्ष बमले कारखाना सन्चालनमा सहयोग पुगोस् भनेर किताब किनेर मात्रै नहुने भन्दै आर्थिक सहयोग गरेको बताए । 

No description available.

यस्तै नवसजिवन सहकारीका बोर्डका सदस्य र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. पुन अनुभव आदान प्रदान समेत गरिएको छ । 

सहकारीका विषयमा र राष्ट्रिय आविष्कार केन्द्रका सफलताका अनुभव आदान प्रदान भएको अध्यक्ष देवबहादुर बमले बताए ।

यस्तै डा. पुनलाई नवजीवन सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष वमले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

No description available.

 

 

 

clock आइतबार २८, माघ २०८० २१:३७

प्रतिक्रिया