डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै महरलाई मोसो र चप्पलको माला

  आइतबार २८, माघ २०८० २०:५७

डडेल्धुरा । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला लगाइएको छ ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ ।

मोसो दल्नेहरूले भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरूलाई यस्तै हुन्छ, कारबाही हुन्छ भनेर भनेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायकले पीडित महर सम्पर्कमा आएको र अज्ञात व्यक्तिहरू एक्कासि आएर मोसो दलेको जानकारी दिएको बताए।

उनले मोसो दल्नेलाई आफूले नचिनेको जानकारी दिएको बताए।

clock आइतबार २८, माघ २०८० २०:५७

प्रतिक्रिया