धनगढीको पाथिभरा इन्पोरियम पसलमा आगलागीबाट ८ लाखको क्षति

  शुक्रबार १९, माघ २०८० २०:५४

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा आज बिहान आगलागी भएको थियो।

उक्त पसलमा भएको आगलागीबाट सामानहरु जलि अन्दाजी ८ लाख बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ। 

धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा विद्युतको लाइन सर्ट भई आगलागी भएको खुल्न आएको छ। 

उक्त आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो।

clock शुक्रबार १९, माघ २०८० २०:५४

प्रतिक्रिया