काठमाडौंबाट बाजुरा जाँदै गरेको बस र टिपर ठोक्किँदा १७ जना घाइते

  शुक्रबार १९, माघ २०८० ०९:१५

काठमाडौं । बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। बिहीबार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका -४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सुप्रप ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३५ जना सवार थिए। दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले टिपर चालक सुनवल नगरपालिकाका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिएको छ।

clock शुक्रबार १९, माघ २०८० ०९:१५

प्रतिक्रिया