सुदूरपश्चिका पहाडी क्षेत्रमा वर्षासँगै हिमपात, हिउँदे बाली र फलफूल खेतीलाई राहत

  बिहिबार १८, माघ २०८० १४:४०

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाड जिल्लाहरुमा वर्षासहित हिमपात सुरु भएको छ । बिहिबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।

जिल्लाको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनारखोली र मुरुयाचौर लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा समेत हिमपात भइरहेको छ ।

असोजपछि माघमा हिउँदे वर्षा भएपछि किसानहरुले राहात महसुस गरेका छन् । ढिलोगरी हिउँदे वर्षा भएपनि हिउँदे बालीका लागि राहत मिलेको सिगास २ गाँजरीका किसान टेकेन्द्र धामीले बताउनुभयो । हिउँदे बाली र फलफूल खेती तथा तरकारीका लागि पनि केही राम्रो भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि बिहिबारदेखिको हिमपात सहितको वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

clock बिहिबार १८, माघ २०८० १४:४०

प्रतिक्रिया