धनगढीमा चलाउँदै गरेको स्कुटरमा आगलागी

  बुधबार १७, माघ २०८० २१:०८

धनगढी । धनगढीमा चलाउँदै गरेको इलेक्ट्रोनिक स्कुटरमा आगलागी भएर जलेको छ।

बुधवार साँझ करिब पाँच बजेतिर सहिद गेट नजिक छ लेन सडक खण्डमा सुदुरपश्चिम प्रदेश ०१०११ प ६६३१ नम्बरको स्कुटरमा अचानक आगलागी भएको हो।

स्कुटर चालक धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय कृष्णप्रसाद शर्मा भने सुरक्षित रहेका छन्। 

उक्त आगो प्रहरी, स्वस्तिक अस्पतालको फायर एक्सटेन्सन र मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ। 

आगलागी कसरी भयो भन्ने विषयमा प्रहरीले थप जाँच बुझ गरिरहेको छ।

clock बुधबार १७, माघ २०८० २१:०८

प्रतिक्रिया