धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

  बुधबार १७, माघ २०८० ०८:५०

धनगढी । कैलालीको धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

स्कुटी र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

clock बुधबार १७, माघ २०८० ०८:५०

प्रतिक्रिया