कञ्चनपुरको बेलौरी स्थित उखुबारी बाघ पसेपछि बस्तिमा फैलीयाे त्रास

  मङ्गलबार १६, माघ २०८० १५:२०

बेलौरी ।  कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइमा बाघ देखिएपछि गाउमा त्रास फैलिएको छ । मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको बाघ उखुबारीमा पसेको खबरपछि गाउँमा त्रास फैलिएको हो ।

स्थानीय अनिल चौधरीले आफूले उखु लोड गरिरहेका बेला बाघ देखेको बताए । ‘हामी उखु लोड गरिरहेका थियौँ, एक्कासी बाघ जस्तै देखिने जानवर उखुबारीमा पस्यो,’ चौधरीले भने ।

चौधरीले बाघ देखेको पचुइ क्षेत्रमा सव डिभिजन वन कार्यालय पचकडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय चितुवाको खोजी गरिरहेका छन् ।

बाघ हो या अन्य जनावर हो भन्ने भने यकिन भने भएको छैन । बाघ पसेको शंकास्पद ठाउँमा बेलौरी नगरपालिकाले ड्रोनमार्फत खोजी गर्ने नगर उपप्रमुख जोगराम चौधरीले बताए ।

गत वैशाख ९ मा पचुइ क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय एक महिलाको मृत्यु भएको थियो ।

clock मङ्गलबार १६, माघ २०८० १५:२०

प्रतिक्रिया