सेती अस्पतालमा ६३औं राष्ट्रिय नर्सिङ दिवस मनाइयो

  मङ्गलबार १६, माघ २०८० ०८:३४

धनगढी । सेती प्रादेशिक अस्पतालमा ६३औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। सोमवार औपचारिक कार्यक्रम आयोजना गरेर राष्ट्रिय नर्सिङ दिवस मनाइएको हो।

"जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी" भन्ने नाराका साथ ६३औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ।

राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालको मेडिकल वार्डमा रहेका ४० जना बिरामीलाई फलफूल वितरण गरिएको अस्पतालकी नर्सिङ प्रशासक शान्ति बुडालले बताइन्। 

उक्त अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, विभागीय प्रमुखहरू, नर्सिङ स्टाफहरूको उपस्थितिमा दिवस सम्पन्न भएको अस्पतालकी नर्सिङ प्रशासक बुडालले बताइन्।

clock मङ्गलबार १६, माघ २०८० ०८:३४

प्रतिक्रिया