कञ्चनपुरको बाणीका ओमप्रकाश बेपत्ता

  सोमबार १५, माघ २०८० १०:२६

कञ्चनपुर । कञ्चनपुरका ओमप्रकाश जोशी बेपत्ता भएका छन्। धनगढीको त्रिनगर मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जोशी एकैछिनमा आउँछु भनेर कञ्चनपुरको बाणी स्थित घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन्।

आइतवार दिउँसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन्। ओमप्रकाशकी आमा साबित्री जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताइन्।

बाँणी प्रहरीले, दिउँसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सीसी क्यामेरामा देखिएको बताएको छ। उनको मोबाइल ट्र्याक गर्दा उनी आइतवार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन्।

ओमप्रकाश धनगढी उपमहानगरपालिका १ मा आफन्तसँग बस्दै आएका थिए। ३ दिनको स्कुल विदा भएकाले ओमप्रकाश शुक्रवार बाँणीस्थित घर गएका थिए।

clock सोमबार १५, माघ २०८० १०:२६

प्रतिक्रिया