नक्कली टिकट ठेली प्रकरण : जाहेरी नदिदा अनुसन्धानमा अलमल

  सोमबार १५, माघ २०८० ०६:२३

अत्तरिया । अत्तरिया महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा जाहेरी नदिदा अनुसन्धानमा अलमल भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रहरीमा जाहेरी नदिदा अनुसन्धान अलमलिएको हो । 

हाल प्रहरीले जिल्ला प्रशासन कार्यालय कैलालीमा संघले दिएको निवेदनको आधारमा सोधपुछको काम सकिसकेको छ । थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने प्रहरीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जाहेरी आएमा प्रहरीले अनुसन्धान अगाडि बढाउने बताए । उनले जिल्ला प्रशासनबाट आएको निर्देशन अनुसार सोधपुछ गरिसकेको भएपनि थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने बताए । 

यता संघका पदाधिकारीले नक्कली टिकट ठेली प्रकरणमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भएपनि प्रहरीमा जाहेरी दिन भने आनाकानी गरेको छ । संघका अध्यक्ष कल्याण सिह बोहराले भने ‘प्रहरीले जाहेरी दिन भनेको हो । हामीले दोषी पत्ता नलागी कसको नाममा जाहेरी दिने रु’

संघले जाहेरी नदिदा प्रहरीलाई अनुसन्धान अगाडि बढाउन कानुनी अडचन आएको छ । संघ जाहेरी दिन व्याक भएपछि नक्कली टिकट प्रकरणको अनुसन्धानमा अन्योल बढेको छ । यद्यपि प्रहरीले संघका पदाधिकारीलाई मंगलबार पुनः जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ । 

clock सोमबार १५, माघ २०८० ०६:२३

प्रतिक्रिया