धनगढीमा झण्डै दुई लाख मूल्यका माछासहित एक जना पक्राउ

  आइतबार १४, माघ २०८० १६:१८

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १० बनकट्टी घाटबाट अवैध माछासहित सोही ठाँउका ४३ वर्षीय जहर राना पक्राउ परेका छन् । 

उनलाई करिब एक लाख ९६ हजार मूल्यका अवैध माछा र दुई थान मोटरसाइकलसहित शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका माछा र मोटरसाइकलसहित रानालाई कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले बताएको छ । 

त्यस्तै, धनगढी–३ ट्राफिकचोकस्थित ब्यारेल नजिकबाट करिब ६० हजार ४० मूल्यका चिनी, प्याज, चामल, अचार, प्लाष्टिक, बिष्कुट र सरफ लगायतका अवैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

clock आइतबार १४, माघ २०८० १६:१८

प्रतिक्रिया