धनगढीमा आसरा सुधार गृह सञ्चालनमा

  आइतबार १४, माघ २०८० १५:५८

धनगढी । कैलालीको धनगढीमा आसर सुधार गृह सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको आसरा सुधार गृह शनिवारबाट सञ्चालनमा आएको हो। 

नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशले लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूका लागि सुधार गृह सञ्चालन गर्न यसअघि नै सुधार गृहको उद्घाटन भएको थियो।

शनिवार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  रविन्द्र केसीको उपस्थितिमा सुधार गृह सञ्चालनमा आएको हो। 

सुधार गृहका लागि वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर चन्दको कमान्डमा प्रहरी खटाइएको छ भने प्रमुख मनोविमर्शकर्तामा रामसिंह भण्डारीलाई नियुक्त गरिएको छ। 

सुधार गृहमा सम्पर्क गर्न मोबाइल नम्बर ९८५८४७६१७७, ९८६३०३५८१९ र ९८४८७२७०६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

clock आइतबार १४, माघ २०८० १५:५८

प्रतिक्रिया