बेलडाँडीका शिक्षक उपाध्याय झुण्डिएको अवस्थामा फेला

  आइतबार १४, माघ २०८० १५:३९

बेलडाँडी । बेलडाँडी गाउँपालिका-२ सिंहपाल आधारभूत विद्यालयका शिक्षक मदनराज उपाध्याय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

५० वर्षिय उनी आफ्नै सुत्नेकोठामा बेडको माथी कुर्सी राखेर पङ्खा झुण्डिएको अवस्थामा सोमवार दिउँसो करिब २ बजे तिर भेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिए।

मोटरसाइकल सडकमैं स्ट्यान्डर्ड गरेर भित्र पसेका उनले केही समयमै आत्महत्या गरेको परिवारजनले जनाएको छ ।

विरामी विदामा घर बसेका उनले एक्कासी यस्तो गरेको स्थानीयको भनाई छ । घटना कसरी घटेको हो भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

clock आइतबार १४, माघ २०८० १५:३९

प्रतिक्रिया