ठग जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

  आइतबार १४, माघ २०८० ०६:२०

काठमाडौं । सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ। 

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको बताइएको छ।

प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार नोटिस जारी भएको हो। ‘दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो’, उनले भने। प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ। यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ। राई मलेसियामा रहेको आशंका छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो। तीमध्ये १५ जना फरार छन्।

clock आइतबार १४, माघ २०८० ०६:२०

प्रतिक्रिया