चितुवाको आक्रमण परि डोटीमा एक महिला घाइते

  शनिबार १३, माघ २०८० २०:१८

डोटी । डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

आज (शनिवार) दिउँसो तिर चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौ की ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन्। 

जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले बताए।

चितुवाले उनको खुट्टाको घुँडा मुनी टोकेको छ। घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा खोप नभएपछि धनगढी रिफर गरेको प्रवक्ता विष्टले बताए।
 

clock शनिबार १३, माघ २०८० २०:१८

प्रतिक्रिया