सुरक्षा व्यवस्था चुस्त राख्न सुदूरपश्चिमका डीआईजीको निर्देशन

  शनिबार १३, माघ २०८० ०७:४८

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन्। 

डीआईजी रवीन्द्र केसीले शुक्रवार मातहतका हाकिमहरुलाई आवश्यक निर्देशन दिएका हुन्।

उनले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिएको बताइएको छ।

जसमा हिजो ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङमार्फत निर्देशन दिइएको हो।

सो क्रममा डीआइजी केसीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा छलफल गरेको बुझिएको छ।

यस्तै सो सम्बन्धना मातहत कार्यालयमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिइएको छ।

clock शनिबार १३, माघ २०८० ०७:४८

प्रतिक्रिया