कञ्चनपुरमा लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद

  शुक्रबार १२, माघ २०८० २०:४८

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ ।

संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो ।

गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए । 

clock शुक्रबार १२, माघ २०८० २०:४८

प्रतिक्रिया