धनगढीमा डस्टबिन तोडफोड गर्ने दुई सवारीबाट जरिवाना असुल

  शुक्रबार १२, माघ २०८० २०:०६

धनगढी । कैलालीको धनगढीमा डस्टबिन तोडफोड गर्ने दुईवटा सवारीबाट जरिवाना असुल गरिएको छ।

धनगढी उपमहानगरपालिका स्थित ६ लेन सडक खण्डको माया मेट्रो अस्पताल नजिक राखिएका दुईवटा फोहर राख्ने डस्टबिन तोडफोड गर्ने सवारीलाई जरिवाना गरिएको हो।

डस्टबिन तोडफोड गरेर भगाइएका गाडीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर दुई डस्टबिन बराबरको १० हजार एक सय ७० रुपैयाँ जरिवाना भराएर ती सवारीसाधनलाई छोडिएको उपमहानगरपालिकाले जनाएको छ।

clock शुक्रबार १२, माघ २०८० २०:०६

प्रतिक्रिया