दार्चुलामा महिला र पुरुष मृत फेला

  शुक्रबार १२, माघ २०८० ०८:१३

दार्चुला । दार्चुलाको फरकफरक स्थानमा दुईजना मृत फेला परेका छन्।

हिजो (बिहिवार) शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

जोशी सोही ठाउँस्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसेकी थिइन्।

यस्तै दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका  छन्।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

clock शुक्रबार १२, माघ २०८० ०८:१३

प्रतिक्रिया