कैलालीको लम्कीबाट काम गर्न भारत गएकी जानकीको दुर्घटनामा मृत्यु

  शुक्रबार १२, माघ २०८० ०८:१०

धनगढी । भारतमा ट्याङ्करको ठक्करबाट कैलालीको लम्कीचुहाकी एक महिलाको मृत्यु भएको छ।

लम्की चुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्।

बुधवार काम गर्न जाने क्रममा बीच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो।

ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ।

clock शुक्रबार १२, माघ २०८० ०८:१०

प्रतिक्रिया