अछामबाट जंगली जनावरका छालासहित एक जना पक्राउ

  बिहिबार ११, माघ २०८० १४:१९

धनगढी । अछाममा जङ्गली जनावरका छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १२ ठाँटीखाँदका ३१ वर्षीय टंकबादुर शाही जनावरका छाला, सिङ र अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन।

अछाम प्रहरीका अनुसार उनलाई घरबाट जनावरका छालाहरू, सिङ र बन्दुकसहित पक्राउ गरिएको हो। गैरीटाँड प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

clock बिहिबार ११, माघ २०८० १४:१९

प्रतिक्रिया