गोदावरीको मजगाँउ होमस्टेमा तीन दिने माघि महोत्सव हुने

  बुधबार १०, माघ २०८० १६:५२

धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाँउमा तीन दिने माघि महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३ र १४ गते महोत्सव सञ्चालन हुने भएको हो ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।

महोत्सवको प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने छ । महोत्सवमा २६ गाउँका थारू नाच प्रस्तुत हुने छ ।

पाँच लाख अनुमानित लगानीमा हुन लागेको महोत्सवमा हजारौले अवलोकन गर्ने अनुमान गरिएको छ ।

लोप भइरहेको कृर्षिलाई संरक्षण गर्न महोत्सव गरिन लागेको अध्यक्ष जनकलालले बताए ।

महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।

clock बुधबार १०, माघ २०८० १६:५२

प्रतिक्रिया