धनगढीका व्यापारीले गरे आफ्नै घरको पाँच तलाबाट हाम फालेर आत्महत्या
धनगढी । कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेर आत्महत्या गरेको जनाएको छ ।
बुधवार विहान करीव ११ः२० बजे आफ्नै घरको पाँच तलाबाट हाम फालेर घाईते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले नवजीवन अस्पतालमा उपचारका क्रममा अग्रवालको मृत्यु भएको बताए ।
केहीबेरमा अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक लैजाने प्रहरीले जनाएको छ । अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
अग्रवालले हाम फालिरहेको दृष्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका छन् । घरको ¥यालिङबाट केही तल झरेर उल्टा फर्केर हाम फालेका अग्रवाललाई हाम फाल्दै गर्दा त्यहाँ रहेका स्थानीय बासिन्दाले हाम नफाल्न आग्रह गरेका थिए ।
श्रृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।
प्रतिक्रिया