बझाङमा जिपको ठक्करबाट एक महिला घाईते

  बुधबार १०, माघ २०८० ०९:४१

बझाङ । बझाङमा विहानै जिपको ठक्करबाट एक महिला घाईते भएकी छन । केदारस्युँ गाउँपालिका वडा नं ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोहि ठाँउकी ५५ र्बषिया महेश्वरी मल्ल घाईते भएकी छन ।

बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले  ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १०, माघ २०८० ०९:४१

प्रतिक्रिया