आज यी प्रदेशमा हिमपातको सम्भावना

  बुधबार १०, माघ २०८० ०७:३४

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ। चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

clock बुधबार १०, माघ २०८० ०७:३४

प्रतिक्रिया