नक्कली टिकट ठेलीको छानबिनको माग गर्दै प्रशासनमा निबेदन दर्ता

  मङ्गलबार ०९, माघ २०८० १४:१६

धनगढी । अत्तरिया उद्योग बाणिज्य संघले नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दर्ता गराएको छ ।

महोत्सवमा नक्कली टिकटका ठेली भेटिएपछि छानबिन को माग गर्दै सघले निबेदन दर्ता गराएको हो ।

संघका महासचिव शंकर खड्काले नक्कली टिकट को बिबाद बारे उचित छानबिन को माग गर्दै निबेदन दर्ता गराइएको बताए ।

अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

clock मङ्गलबार ०९, माघ २०८० १४:१६

प्रतिक्रिया