दार्चुलाको दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

  मङ्गलबार ०९, माघ २०८० १२:४९

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ।

भारतसित सीमा जोडिएको दुम्लिङमा शनिबार एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेका हुन्। 

दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए। 

बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ। जगदम्बा निर्माण सेवा प्रालिले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ।

चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए। 

अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई सीमा क्षेत्रमा निगरानी गरिरहेको उनको भनाइ छ।

clock मङ्गलबार ०९, माघ २०८० १२:४९

प्रतिक्रिया