कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  मङ्गलबार ०९, माघ २०८० ०८:००
फाइल फोटो

धनगढी । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–२ साडेपानी स्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१००९ प ४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका–५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बि।क।को सोही अस्पतालमा उपचार भईरहेको छ। 

मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

clock मङ्गलबार ०९, माघ २०८० ०८:००

प्रतिक्रिया