कैलालीको भजनीमा एयरगन फेला

  सोमबार ०८, माघ २०८० ११:३२

धनगढी । कैलालीमा एयरगन फेला परेको छ। आइतवार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको हो।

आइतवार राति ९ः३० बजेको समयमा भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र फेला परेको जनाएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। 

उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

clock सोमबार ०८, माघ २०८० ११:३२

प्रतिक्रिया