बाजुरामा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु

  सोमबार ०८, माघ २०८० ०८:१३

बाजुरा । बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका(५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो।

गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाइते भएकी थिइन्। 

उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाइते भएकी थिइन्। 

clock सोमबार ०८, माघ २०८० ०८:१३

प्रतिक्रिया