तराईमा हुस्सु, उच्च तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना

  सोमबार ०८, माघ २०८० ०७:५९

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सोमबार बिहानसम्म देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

clock सोमबार ०८, माघ २०८० ०७:५९

प्रतिक्रिया