धनगढीमा चौपाया ट्यागिङ गर्न सुरू

  आइतबार ०७, माघ २०८० २०:२०

धनगढी । धनगढीमा चौपाया ट्यगिङ गर्न सुरू गरिएको छ।

धनगढी उपमहानगरपालिकाले पशु चौपाया छाडा छोड्ने कार्य  नियन्त्रण गर्न ट्यागिङ गर्न थालेको हो। 

उपमहानगरपालिकाको पशु सेवा शाखाले आइतवारदेखि ट्यागिङ गर्न थालेको हो।

आइतवार फूलबारी क्षेत्रमा गाई, गोरु,बाच्छाबाच्छीहरुलाई ट्यागिङ गरी अभिलेख राख्ने कार्य थालिएको नगर प्रमुखको सचिवालयले जनाएको छ। 

आइतवार धनगढी–१८  मा घर–घरमा पुगेर विभिन्न १५१ वटा पशु चौपायामा ट्यागिङ गरिएको हो।

clock आइतबार ०७, माघ २०८० २०:२०

प्रतिक्रिया